पोखरामा नारायणगोपाल स्मृति साँझ हुने

पाेखरा | मंसिर १५, २०७९

पोखरामा नारायणगोपाल स्मृति साँझ हुने

पोखराः   स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको पूण्य तिथीको अवसरमा पोखरामा ‘नारायणगोपाल स्मृति साँझ–२०७९’ आयोजना हुने भएको छ ।


रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज, पोखरेली युवा सांस्कृतिक परिवार र पोखरा सांगीतिक कलाकार संघको संयुक्त आयोजनामा मंसिर १९ गते सोमबार कार्यक्रम आयोजना हुन लागेको हो ।


गैह«ापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा आयोजना हुने स्मृति साँझमा गायक÷गायिकाहरु रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, सन्तोष बस्याल, एमडी काफ्ले, रजनी राई र उषा गुरुङले स्वर्गीय स्वरसम्राट नारायणगोपालद्धारा संगीत तथा स्वरवद्ध गीतहरु प्रस्तुत गर्ने छन् ।


वि.सं. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उनको २०४७ मंसिर १९ गते ५१ बर्षको उमेरमा निधन भएको थियो । डिस्क र टेपमा गरी उनका १ सय ३६ वटा गीतहरु रेकर्ड छन् ।


स्वरसम्राट नारायणगोपालका गीतहरुलाई पछिल्लो पुस्तामाझ चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले बताए । अग्रज श्रष्टाको योगदानको कदर स्वरुप स्मृति साँझ आयोजना गरिने सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल र कलाकार संघका अध्यक्ष सुनील थापाले बताए ।


विगत केहि बर्षदेखि रेडियोले स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रमको रेडियो अन्नपूर्ण, पब्लिक एफएम र अनलाइन अन्नपूर्णबाट समेत प्रत्यक्ष प्रशारण गरिने छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्